कोरोना फैलनुअघि नै चिनियाँ ल्यावका अनुसन्धानकर्ता विरामी परेको खुलासा « Khabarhub

कोरोना फैलनुअघि नै चिनियाँ ल्यावका अनुसन्धानकर्ता विरामी परेको खुलासा


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहानस्थित ल्याबका तीन शोधकर्ता बिरामी परेको खुलासा भएको छ ।

अमेरिकी एक गुप्तचर प्रतिवेदनलाई आधार मान्दै वालस्ट्रीट जर्नलले यस्तो खुलासा गरेको हो ।

अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार चीनको वुहान स्थित वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेका थिए । उनीहरू बिरामी परेको समयावधि महामारी फैलनुभन्दा एक महिना अघि रहेको दाबी जर्नलले गरेको छ ।

उनीहरू बिरामी परेपछि अस्पतालबाट उपचारको सहयता मागिएको पनि समाचारमा उल्लेख छ ।

अमेरिकाले तयार पारेको सो प्रतिवेदनमा वुहानस्थित एक ल्याबमा बिरामी परेका चिनियाँ शोधकर्ताहरूको संख्या, उनीहरू बिरामी परेको समय र अस्पताल गएको लगायत विस्तृत जानकारी राखिएको छ ।

अमेरिकाले कोरोना महामारी चीनबाटै फैलिएको आरोप लगाउँदै आएको छ । यो प्रतिवदेन सार्वजनिक भएसँगै कोरोना महामारी चीनबाटै फैलिएको भन्ने अमेरिकी तर्कमा बल पुग्ने वालस्ट्रीटले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ९ : ४५ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक