लेखिका डा. बानिरा गिरीको निधन « Khabarhub

लेखिका डा. बानिरा गिरीको निधन


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिला स्रष्टा डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार उनको हृदयघातका कारण निधन भएको हो ।

२० दिन अघि कोभिड संक्रमण भएको बानिरालाई हृदयघात भएपछि नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उनको आइतबार राति १० बजे निधन भएको हो । अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । उनी अल्जाइमर्स रोगबाट पनि पीडित थिइन् ।

भारतको दार्जिलिङमा जन्मिएकी बानिकाले त्रिभूवन विश्वविद्यालयबाट कवि गोपालप्रसाद रिमालको काव्यहरूमाथि सोध गरि ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद’ विषयमा विद्यावारिधी गरिन् ।

उनको ‘एउटा जिउँदो जङ्गबहादुर’, ‘जीवनः थामहरू’, ‘शब्दातीत शान्तनु’ र ‘काठमाडौं काठमाडौं’ कविता संग्रह, ‘कारागार’, ‘निर्बन्ध’ उपन्यास, ‘मेरो आविस्कार’ आत्मकथा, ‘रोकिनेले आकार दिन सक्दैन’ यात्रा संस्मरण र ‘पर्वतको अर्को नाम’ तथा ‘पार्वती र जंगल जंगल’ निबन्ध प्रकाशित छन् ।

उनको श्रीमान, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ११ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै