संसद पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर « Khabarhub

संसद पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौँ– प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने र संसद पुन:स्थापनाको मागसहित विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

रिट दायर गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित १ सय ४६ जना सांसद सर्वोच्च पुगेका हुन् । ‘तत्काल कायम रहेको ५४ प्रतिशत सांसदहरुले हस्ताक्षर गरेर संवैधानिक रुपले संसदको बहुमतमा दाबी गरेर संविधान बमोजिम प्रधानमन्त्री हुनुपर्ने शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश गर्ने माग र संसदको पुन:स्थापनाको मूल माग राखी १ सय ४६ जना सांसदहरु आएका छौं ।’ रिट दायर गरेपछि बाहिरिने क्रममा कांग्रेस नेता रमेश लेखकले भने ।

तीनवटा मागसहित सर्वोच्चमा आएको भन्दै नेता लेखकले भने, ‘पछिल्लो समयमा प्रतिनिधिसभाका माननीय सदस्य शेरबहादुर देउवाले १ सय ४९ जनाको हस्ताक्षरसहितका प्रधानमन्त्रीका लागि दाबी गरेको र १ सय ४८ जनाले समर्थन गरेको अवस्थामा स्पष्ट बहुमत भएपछि राष्ट्रपतिले नियुत्त गर्नुपर्नेमा संविधानविरुद्ध कार्य गर्नुभयो भन्नेछ ।’

रिटमा माग गरिएका दोस्रो विषयबारे जानकारी दिदै नेता लेखकले भने, ‘प्रधानमन्त्री ओलीले बहुमत देखाउन सक्दिनँ र देखाउन पनि जाँदिन भनेर निर्णय नै गरेर वैकल्पिक सरकार निर्माणका लागि अनुरोध गरेर प्रक्रिया शुरू गर्न आग्रह गर्नुभयो । तर उहाँ आफै बहुमत देखाएर राष्ट्रपतिकोमा जानुभयो । वैकल्पिक सरकार निर्माणका लागि आग्रह गरेपछि उहाँ जाने हक पनि थिएन । तर ओलीजीलाई तुलना गरेर राष्ट्रपतिले निर्णय गर्नुभयो । जुन असंवैधानिक हो । भन्ने पनि हाम्रो माग छ ।’

‘राष्ट्रपतिले वैधानिक रुपमा प्रधानमन्त्री नभएको व्यक्तिले संसद विघटन गरेको सिफारिस कार्यान्वयन गर्दै संसदको हत्या गरेकोले सर्वोच्चमा रिट दायर गरेका हौं ।’ तेस्रो मागबारे जानकारी दिदै नेता लेखकले भने ।

रिटमा उल्लेख तीन माग :

१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज

२. संसद अधिवेशनको मिति तोक्नुपर्ने

३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।

हेर्नुहोस् सर्वोच्चमा दायर गरिएको रिटको सारसंक्षेपीकरण

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ३ : ०३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका