शेयर बजारमा नयाँ रेकर्ड, १३ अर्ब बढीको कारोबार « Khabarhub

शेयर बजारमा नयाँ रेकर्ड, १३ अर्ब बढीको कारोबार


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

शेयर बजार नेप्से ३.०७ अंकले बढेर २ हजार ८ सय २५.०३ अंकको विन्दुमा कायम भएको छ ।

दिनभरिमा २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

जसमा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज बैंकिङ, हाइड्रोपावर कम्पनी, निर्जीवन बीमा समूह, म्युचअल फण्ड र इन्भेष्टमेन्ट उपसूचक बढेका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै बरुण हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै नेको इन्स्योरेन्स, नेपाल पुनर्बीमा, आईएमई जनरल इन्स्योरेन्स कम्पनीको कारोबार बढी भएको छ ।

यस्तै, सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ४ : ५७ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य