काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थप्ने तयारी « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थप्ने तयारी


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी गरिएको छ । कोरोना भाइरस संक्रमण दर स्थिर रहेकाले पुनः एक साता निषेधाज्ञा थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

सर्वसाधारणको आवतजावत घट्न नसक्दा संक्रमण दर स्थिर रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईको तर्क छ ।

निषेधाज्ञा थप्नका लागि मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने छ । भोलिको बैठकले निषेधाज्ञा थप्नेसहित अन्य केही थप आदेशहरु जारी गर्ने बताइएको छ ।

सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्न निषेधाज्ञालाई कडाइका साथ थप्ने तयारी भएको हो । अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ९ : ०१ बजे

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदैछ । पार्टीभित्र