सरकारद्वारा थप खोप ल्याउन विभिन्न मुलुकलाई पत्राचार | Khabarhub Khabarhub

सरकारद्वारा थप खोप ल्याउन विभिन्न मुलुकलाई पत्राचार


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ ।

मन्त्रालयद्वारा सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्बोधन गर्दै करिब ५० लाख खोप खरीद गर्न सरकार इच्छुक भएको जानकारी दिए ।

ती मुलुकमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको उनको भनाई छ । “खोप उत्पादक देशसग व्यक्तिगत, राजनीतिक र कुटनीतिक पहल भइरहेको छ,” उनले भने, “यसैले खोप चाँडै आउँछ ।” उनले अन्तराष्ट्रिय बजारमा खोप नभएकोले आउन ढिलाई भइरहेको जानकारी दिए ।

मन्त्री त्रिपाठीले युरोपियन युनियसँग मौज्दात रहेको खोप ल्याउनेबारे पनि छलफल भइरहेको समेत जानकारी दिए । अहिले भारत सरकारले १० लाख मात्रा कोभिशिल्ड, चीन सरकारले आठ लाख मात्रा भेरोसेल र कोभ्याक्स सुविधा मार्फत तीन लाख ४८ हजार कोभिशिल्ड अनुदानमा र १० लाख कोभिशिल्ड खोप खरीद गरेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म २६ लाख ६५ हजार ९८७ ले पहिलो मात्रा र पाँच लाख ५३ हजार ५८९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्री त्रिपाठीले अबको चार हप्तामा सङ्क्रमण घट्दै जाने बताए । विगत केही दिनदेखि सङ्क्रमण घट्दै गएकाले आगामी चार हप्तामा घट्ने उनको भनाई छ । उनले सरकारले निषेधाज्ञा जारी गरेपनि जनस्वास्थ्यका मापदण्ड लागू नभएको बताए ।

मन्त्री त्रिपाठीले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले भौतिक पूर्वाधार पनि उल्लेखनीय रुपमा जोडिएको जानकारी दिए । उनका अनुसार भेन्टिलेटर ५७७ थप गरिएको र १०४ वटा थप्ने क्रममा रहेको छ ।

यस्तै सघन उपचार कक्ष (आइसियु) ४०० थप गरि तीन हजार पुर्‍याइएको र ६३० थप्ने योजना रहेको छ । हाइ डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार २७५ सरकारी र नीजि अस्पतालमा ७७८ थपिएको तथा ४०० थप गर्ने योजना रहेको छ । मन्त्री त्रिपाठीले विज्ञले स्वास्थ्य सङ्कटकाल लगाउनेबारे दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको जानकारी दिए ।

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणक लागि देशभरका १५७ अस्पताललाई सूचीकृत गरि उपचार गरिरहेको छ । तिमध्ये ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ संक्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ । मन्त्री त्रिपाठीले गत वैशाखमा मात्रै कोभिड–१९ बिरामीको निःशुल्क उपचार गरेबापत ४५ करोड रुपैयाँ अस्पतालहरुलाई शोध भर्ना गरेको जानकारी दिए ।

अक्सिजन अभाव कम

मन्त्रालयले अक्सिजनको अभाव विस्तारै कम भइरहेको जनाएको छ । उनले सङ्क्रमितको उपचारका लागि अक्सिजनको व्यवस्थापन विस्तारै सहज भइरहेको जानकारी दिए । उनका अनुसार ३२ अस्पतालमा अक्सिजन प्लान्ट रहेकोमा थप १९ अस्पतालमा थप्ने योजना मन्त्रालयको रहेको जानकारी दिए । यस्तै तरल अक्सिजन तीन अस्पतालमा भएपनि मन्त्रालयले थप २७ मा जोड्ने तयारी रहेको छ ।

सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन ल्याइरहेको जानकारी दिए । उनका अनुसार पहिला २० टन मात्र आउने गरेका थियो । उनले अबको केही दिन सय टन तरल अक्सिजन भारत लगायत मुलुकबाट ल्याउने बताए ।

मन्त्रालयले १६ हप्ता पुगेपछि कोभिशिल्डका दोस्रो मात्रा खोप दिइने जनाएको छ । मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरेलले भारतले पठाएको नयाँ मापदण्ड अनुसार १२ देखि १६ हप्तासम्ममा दोस्रो मात्रा दिइने अनुसार खोप लगाउने तयारी भइरहेको बताए । अहिले सरकारसंग कोभिशिल्डको खोप ९० हजार मात्रा छ । – रासस

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ७ : ३६ बजे

सरकार र दलहरूलाई जेन-जीले भने – सुशासन र भ्रष्टाचारी विरुद्धको कारबाहीमा सँगसँगै काम गर्नुपर्छ

काठमाडौं– जेनजीहरूले सरकार र दलहरूसँगको छलफलमा आफ्नो मागहरू देशको सुशासन

अर्थसंक्षेप : २ सय मेगावाट विद्युत् खेर, वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात र ५.१७ अंकले घट्यो नेप्से

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

सरोकारवालाको छलफल : जेन-जी आन्दोलन अब कता ?

काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ