हत्या अभियोगमा तीन जना पक्राउ « Khabarhub

हत्या अभियोगमा तीन जना पक्राउ


१० असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तु नगरपालिका–८ का विजयबहादुर कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय रमेश कहार, भाइ अनिल कहार र उनकी श्रीमती बास्मती कहार रहेका छन् ।

१८ वर्षीय कुर्मीको शव गत असार ७ गते कपिलवस्तु ८ पुर्व डिह बेलौहवास्थित पोखरीमा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका अनुसार यही असार ३ गते छिमेकीको विवाहमा गएका अनिल कहार ४ गते विहान घर फर्किँदा कुर्मीलाई आफ्नो कोठामा देखेपछि आक्रोशित उनले भाइ रमेश र श्रीमती बास्मतीको मिलेमतोमा कुटपिट गरी हत्या गरेर पोखरीमा फालिदिएको अनुसन्धानबाट खुलेको छ ।

कुर्मीले बास्मतीसँग शारीरिक सम्बन्ध राखेको भन्दै १ महिना पहिले पनि अनिलले कुटपिट गरेका थिए । अहिले पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ११ : ३० बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार