दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको खबर झुटो « Khabarhub

दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको खबर झुटो


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकाकी एक महिलाले एक पटक १० सन्तान जन्माएको भनेर सार्वजनिक समाचारमा सत्यता नरहेको पुष्टि भएको छ ।

दक्षिण अफ्रिकाको खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा एकै पटक १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको छ ।

स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको खुलेको छ । जबकी उनले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबीसहितका समाचार सार्वजनिक भएका थिए ।

ती ३७ वर्षीया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानून अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।

प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो । यसै आधारमा बीबीसीले समेत यसबारे समाचार प्रकाशन/प्रसारण गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १० : ३० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा