आईजीपीका ब्याची एसएसपी चौधरी भन्छन्– राजनीतिक आरोप लगाएर मेरो बढुवा रोकियो (भिडियोसहित) « Khabarhub

आईजीपीका ब्याची एसएसपी चौधरी भन्छन्– राजनीतिक आरोप लगाएर मेरो बढुवा रोकियो (भिडियोसहित)


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ५५ वर्षे उमेरहदका कारण नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप चौधरी आज (असार १०, २०७८)बाट अवकाशमा जाँदैछन् ।

चौधरी प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची चौधरीले प्रहरी महानिरीक्षक (डीआईजी) बन्न कसरत गरेपनि सफल हुन सकेनन् ।

अवकास पाउने अघिल्लो दिन मात्र चौधरीले पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक आरोप लगाएर आफूलाई बढुवामा बञ्चित गरिएको गुनासो गरे ।

चौधरीले पत्रकारहरुसँग भने, ‘मेरो क्षमता र कार्यसम्पादन नजरअन्दाज गर्दै राजनीतिक आरोप लगाएर मलाई बढुवाबाट बञ्चित गराइयो ।’

आफूलाई अन्याय भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राख्न खोज्दासमेत भेट नपाएको चौधरीले गुनासो गरे।

यतिमात्र होइन एसएसपी चौधरीले आफ्नै ब्याची संगठन प्रमुख (आईजीपी)ले समेत बढुवाको विषयमा चासो नदिएको बताए।

चौधरीले भने ‘आईजीसापले समेत चासो नदिँदा मलाई दुःख लागेको छ, यसमा म आपत्ति जनाउँछु। यसले नैरश्यता तथा असुरक्षा महसुस गरेको छु ।’ आईजीपीलाई भेट्न जाँदा बालुवाटरले नाम काटेको चौधरीको आरोप छ ।

बढुवा समितिको अध्यक्षलाई भेट्न जाँदासमेत बालुवाटरबाट नाम काटेको हो मैले केही गर्न सक्दिन भनेर आफूलाई पठाएको चौधरीले बताए।

चौधरी कांग्रेस नेता विजयकुमार गच्छदारसँग निकट मानिन्थे । गच्छदारसँगको प्रसंगसमेत उल्लेख गर्दै चौधरीले गुनासो पोखेका छन् ।

के छ भिडियोमा ?

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १२ : ४४ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६