दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड « Khabarhub

दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड


१० असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ ।

पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ ।

नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा रु १३ करोड ४० लाख, शसर्त अनुदानमा रु १८ करोड ४२ लाख, राजश्व बाँडफाँडमा रु आठ करोड २४ लाख, समपुरक अनुदानमा रु २३ लाख, प्रदेश राजश्व बाँडफाँटबाट रु १९ लाख, प्रदेशबाट वित्तीय समानीकरणमा रु ९७ लाख रहेको बताए ।

प्रदेशबाट विशेष अनुदानमा रु ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा रु एक करोड १७ लाख ५४ हजार, आन्तरिक आम्दानीबाट रु तीन करोड १४ लाख २२ हजार, सडक बोर्डबाट रु ३५ लाख, गत वर्षको मौज्दातबाट रु तीन करोड ५० लाख र सामाजिक सुरक्षातर्फ रु १२ करोड गरी जम्मा रु ६२ करोड १५ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । व्ययतर्फ चालू खर्च रु २४ करोड ३४ लाख ६५ हजार र पुँजीगत खर्च रु ३७ करोड ८० लाख ४८ हजार रहेको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  १ : ५७ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा