पोखरा महानगरपालिको बजेट ६ अर्ब २७ करोड ७५ लाख « Khabarhub

पोखरा महानगरपालिको बजेट ६ अर्ब २७ करोड ७५ लाख


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नगरसभामा सो बराबरको बजेट पेश गरेकी हुन् ।

विनियोजित बजेटमध्ये चालुतर्फ रु २ अर्ब ९१ करोड, पूँजीगत तर्फ रु ३ अर्ब ३७ लाख छ । महानगरले चालु आवका लागि रु ५ अर्ब ७२ करोडको बजेट ल्याइएको छ

सार्वजनिक गरिएको बजेटमा केन्द्रगत खर्च तर्फ रु ८८ करोड ८६ लाख,सामाजिक विकास तर्फ रु १२ करोड ७९ लाख ८९ हजार, शिक्षातर्फ रु १ अर्व ४२ करोड ८७ लाख ३५ हजार, कृषि तर्फ रु १४ करोड ४९ लाख , स्वास्थ्यतर्फ रु ४० करोड २२ लाख, वडाकार्यालयतर्फ रु ४१ करोड ६० लाख, पूर्वाधार विकासमा रु २ अर्ब ८६ करोड ९० लाख प्रस्ताव गरिएको छ ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७/०७९ को बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीमा नागरिकको जीवन रक्षा गर्न बजेटको अभाव नरहने स्पष्ट पारे ।

उनले भने ,“कोरोना भाइरसको रोगथाम एवम् नियन्त्रणका लागि तीनै तहका सरकारको समन्वय आवश्यक छ । सङ्घले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत प्रदेश सरकारले अध्ययन गरिरहेको छ ।”

सङ्घीयताको आधारस्तम्भ स्थानीय तहलाई थप बलियो र अधिकार सम्पन्न गराउन सङ्घ र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिंदै उनले स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए ।

उनले संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनुपर्ने आवश्यकता औल्याउँदै विकास निर्माण र राजश्वका योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र सहकार्यको खाँचो औल्याए ।

उनले कोरोना नियन्त्रण र प्राकृतिक प्रकोप पीडितको व्यवस्थापनमा प्रदेशले बनाएका योजनामा महानगरबाट सहयोगको अपेक्षा गरेको र प्रदेशको प्राथमिकतामा रहेको कोरोला, पोखरा, त्रिवेणी सडकका निर्माणमा समेत सहकार्य गर्न सकिने बताए ।

प्रदेश सरकारले घोषणा गरेको स्तन क्यान्सरको निशुल्क उपचार, ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार, विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रममा पनि स्थानीय तहसंग सहकार्य गर्न सकिने मुख्यमन्त्री नेपालीले विश्वास व्यक्त गरे ।

सो अवसरमा उनले महानगरले प्रकाशन गरेको कानुनहरुको संगालोको सार्वजानिक समेत गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ५ : ४९ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज