काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीमण्डल विस्तार बदरका विषयमा छलफल गरेको छ ।
छलफलमा सर्वोच्चको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको जसपा नेता सुरेन्द्र झाले जानकारी दिए ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै ठोस निर्णय नभएको बताए । सर्वोच्चको आदेशले प्रतिनिधिसभा विघटनलाई बलियो बनाउने देखिएको उनको भनाइ छ ।
सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्रीको पद गएको छ ।
प्रतिक्रिया