नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल « Khabarhub

नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोग बारे छलफल भएको छ ।

कतारका लागि नेपाली राजदूत डा‍. नारदनाथ भारद्धाज र कतार मिडिया को–अपरेशनका प्रमुख निर्देशक अब्दुल्लाह बिन हमाद अल–थानीबीच भएको भेटमा नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल हो ।

कतार मिडिया अफिसमा बिहीबार भएको भेटमा कतारमा कार्यरत नेपालीलाई कस्ता कार्यक्रम ल्याएर कसरी सूसुचित गर्न सकिन्छ भन्ने बारे छलफल भएको थियो।

भेटमा उनीहरुबीच नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगका विभिन्न पक्ष र सम्भावनाहरूबारे छलफल भएको नेपाली दूतावास दोहाले जनाएको छ ।

उनीहरूले निकट भविष्यमा जानकारीमूलक रेडियो कार्यक्रम निर्माण गर्न नेपाल दूतावास र कतार मिडिया कर्पोरेशनबीच सहयोगको सम्भावनाबारे समेत छलफल भएको दूतावासले जनाएको छ ।

यहाँको कानुन तथा भाषामा नबुझ्दा नेपालीलाई समस्या हुने गरेकाले नेपाली भाषामै कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

नेपालीहरुका लागि रोजगारीको प्रमुख गन्तब्य रहेको कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : २८ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै