प्रेस काउन्सिलले राख्यो चार अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा (सूचीसहित) « Khabarhub

प्रेस काउन्सिलले राख्यो चार अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा (सूचीसहित)


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय/निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युजपोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ ।

काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टल इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी, कालोसूचीमा राखेको हो ।

इहिमालयटाइम्स डटकमलाई नियमानुसार दर्ता/सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिए ।

त्यसैगरी २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म ४५० वटा स्वअनुगमन भएका छन् । पछिल्लो १५ दिनको अवधिमा १३ वटा स्वअनुगमन भएका छन् । जसमध्ये ८ न्यूजपोर्टललाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र १ सञ्चार विज्ञलाई ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म कुल १७२ उजुरी दर्ता भएकोमा १२८ उजुरी फछ्र्यौट भइसकेका छन् । यसैगरी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ (पहिलो संशोधन, २०७४) मा दर्ता नभइ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न नपाइने व्यवस्था रहेकोमा प्रेस काउन्सिल नेपालले २०७६ मङ्सिरदेखि यस्ता पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई लेखी पठाएपछि प्राधिकरणबाट नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था हुँदै आएको प्रवक्ता खनालको भनाइ छ ।

विसं २०७७ को साउनदेखि २०७८ असार ९ गतेसम्म नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएका वेबपोर्टलको सङ्ख्या १५९ रहेको छ भने पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ । काउन्सिलले सम्पूर्ण पत्रकार/सञ्चारकर्मीलाई पत्रकार आचारसंहिताको पूर्णपालना गर्न काउन्सिल फेरि पनि आग्रह गरेको छ । (रासस)

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ०० बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर