वीरगञ्ज महानगरको बजेट ३ अर्ब ५५ करोड ३५ लाख « Khabarhub

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ५५ करोड ३५ लाख


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु ३ अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रु १ अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ रु छ करोड ६० लाख विनियोजन गरेको जानकारी दिइन् ।

प्रदेश नं. २ को एक मात्र महानगरपालिकाको विनियोजित बजेट मध्ये समाजिक विकासका क्षेत्रमा रु एक अर्ब १५ करोड ५८ लाख, पूर्वधार विकास क्षेत्रमा रु एक अर्ब ३५ करोड ६६ लाख र कार्यालय तर्फ रु ८० करोड ७३ लाख रहेको छ ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक वर्षमा गर्भवती तथा बालबालिकाका लागि पोषण, वर्थिङ सेन्टरको भवन निर्माण, पूर्वाधारको विकास, सामुदायिक विद्यालयको स्तरोन्नती ,स्वास्थ्य सुबिधाको विकास, ज्येष्ठ नागरिक सम्मान , कृषि तथा कृषको विकासमा केन्द्रीत रही काम गर्ने नीति तथा कार्यक्रम ल्याएको बताए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ०७ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा