वीरगञ्ज महानगरको बजेट ३ अर्ब ५५ करोड ३५ लाख | Khabarhub Khabarhub

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ५५ करोड ३५ लाख


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु ३ अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रु १ अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ रु छ करोड ६० लाख विनियोजन गरेको जानकारी दिइन् ।

प्रदेश नं. २ को एक मात्र महानगरपालिकाको विनियोजित बजेट मध्ये समाजिक विकासका क्षेत्रमा रु एक अर्ब १५ करोड ५८ लाख, पूर्वधार विकास क्षेत्रमा रु एक अर्ब ३५ करोड ६६ लाख र कार्यालय तर्फ रु ८० करोड ७३ लाख रहेको छ ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक वर्षमा गर्भवती तथा बालबालिकाका लागि पोषण, वर्थिङ सेन्टरको भवन निर्माण, पूर्वाधारको विकास, सामुदायिक विद्यालयको स्तरोन्नती ,स्वास्थ्य सुबिधाको विकास, ज्येष्ठ नागरिक सम्मान , कृषि तथा कृषको विकासमा केन्द्रीत रही काम गर्ने नीति तथा कार्यक्रम ल्याएको बताए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ०७ बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई