मनाङको अनुगमनमा पुगे सेनाको प्राविधिक टोली « Khabarhub

मनाङको अनुगमनमा पुगे सेनाको प्राविधिक टोली


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– गत जेठ १४ गतेदेखि बाढीपहिरोको जोखिममा परेको हिमाली जिल्ला मनाङको सडक सञ्जाल पूर्णरूपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको मनाङको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानसमेत विलिन छ ।

मर्स्याङ्दी नदीको किनारैकिनार हुँदै मनाङका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरूपमा बाढीपहिरोले बगाएको छ ।

त्यस्ता स्थानमा नयाँ ट्र्याक निर्माण गर्न मिल्ने नमिल्नेबारे जानकारी लिन तथा सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ सैनिक प्राविधिकको टोलीसहित मनाङ पुगेका छन् ।

पूर्वमन्त्री गुरुङ नेपाली सेनाका महासेनानी इञ्जिनीयर इन्दीवर गुरुङ, अन्य प्राविधिक टोली, गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का र समाजसेवी खामसुङ गुरुङ नेपाली सेनाको हेलिकप्टरमार्फत अध्ययन तथा अवलोकनका लागि पुगेका हुन् ।

गुरुङले सदरमुकाम चामेमा मर्स्याङ्दी नदीले क्षति पुर्‍याएको मोटरेबल पुल, झोलुङ्गे पुल तथा नदी कटान गरेको लोकप्रिय माध्यमिक विद्यालयको निरीक्षण गरेका छन् । साथै मोटरेबल पुल र विद्यालय भवनको संरक्षणका विषयमा प्राविधिकसँग छलफलसमेत गरेका छन् । सदरमुकाम चामेको एक मात्र सामुदायिक आवासीय लोकप्रिय माध्यमिक विद्यालयको संरक्षणमा विशेष चासोको विषय बनेको छ ।

प्राविधिकसहितको टोलीले धारापानी र ताल क्षेत्रको पनि स्थलगत अवलोकन तथा अध्ययन गरेको स्थानीयवासी थुदेन लामाले जानकारी दिए । साथै टोलीले विभिन्न समयमा आएको बाढीपहिरोले अवरुद्ध रहेको बेँसीशहर–चामे सडकखण्ड पुनःसञ्चालन गर्नका लागि अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

प्राविधिक टोलीको नेतृत्व गरेका नेपाली सेनाका मिलिटेरी इञ्जिनीयर सेवाका प्रमुख महासेनानी गुरुङकै टोलीले बेँसीशहर–चामे सडकको नयाँ ट्र्याक खोल्ने कार्य गर्नेसमेत प्रजिअ लामिछानेले बताए । उनले भने, ‘लामो समयदेखि लगातारको वर्षाले नयाँ ट्र्याक खोल्दा समस्या हुनसक्छ, पहिले अध्ययन र अनुगमनपश्चात् मात्रै सुरक्षित सडक सञ्जाल निर्माण गर्ने सेनाको प्राविधिक टोलीको तयारी छ।’

माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोलीले बेँसीशहर–चामे सडकखण्डको नयाँ ट्र्याक खोल्न खटिने जनाइएको छ । नयाँ ट्र्याक खोल्न सकिएमा छिट्टै मनाङवासीले सहजरूपमा सडक सञ्जालमार्फत आवतजावत गर्न पाउने छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ३ : ०५ बजे

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको