नेपालको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज « Khabarhub

नेपालको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माधव कुमार नेपालको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुनेछ ।

१० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्न उपाध्यक्ष भीम रावल, महासिचव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ ।

असार २७ मा कार्यदलले तयार पारेको १० बुँदे सहमितलाई एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीले यसअघि नै अनुमोदन गरिसकेको छ ।

माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएर अघि बढेपछि उनलाई दोस्रो तहका नेताहरुले साथ दिएका छैनन् । उनलाई साथ नदिएका ९ स्थायी कमिटी सदस्य, केही सांसद र केन्द्रीय सदस्यसहित ५७ जना मध्यमार्गी धारमा रहेको बताइन्छ ।

सोमबार अध्यक्ष ओलीसँग बालकोटमा भएको करिव ३ घण्टाको वार्तापछि दोस्रो तहका नेताहरुले नेपाललाई साथ दिन नसिकने र १० बुँदे कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए ।

ओलीले उक्त आग्रह स्वीकार गर्दै आजै स्थायी कमिटीबाट एकताको आह्वान गर्न अपील जारी गर्ने तयारी पनि भएको जनाइएको छ ।

 

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : २० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा