एमाजोन प्राइममा ‘एटिन’ रिलिज « Khabarhub

एमाजोन प्राइममा ‘एटिन’ रिलिज


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–बेलायतमा छायांकन भएको नेपाली फिल्म ‘एटिन’ डिजिटल प्लेटफर्म एमाजोनमा रिलिज भएको छ । फिल्ममा नेपालबाट बेलायत पुगेर बसोबास गर्ने पहिलो पुस्ता र बेलायतमै जन्मिएर त्यही हुर्किएको दोस्रो पुस्ता बीचको पुस्तान्तर दुरी, मनोविज्ञान, उतारचढावलाई देखाइएको छ ।

फिल्मका निर्माता तथा निर्देशक प्रेम लामाले एमजोनमार्फत दर्शकमाझ फिल्म ल्याउन पाउदा खुशी व्यक्त गरे ।

तारा देवी लामा र पेमा डोल्करको लगानी रहेको फिल्ममा प्रसुना कँडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायती कलाकार क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको अभिनय छ ।

फिल्ममा चन्द्रकुमार दोङ र ताराप्रकाश लिम्बुको संगीत, निर्मला घिसिङ र ताराप्रकाश लिम्बुको स्वर, चन्द्रकुमार दोङ र अन्जु श्रेष्ठको शब्द, डिज एलएक्स पौडेलको पाश्र्व ध्वनि, किरणराज थापाको सम्पादन, कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतिक दुदराजको छायांकन रहेको छ ।

फिल्म प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको हो । निर्माता तथा निर्देशक लामाले बेलायतबाटै तीनवटा फिल्म निर्माण एवं निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ३५ बजे

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री