नर्सिङ तथा पारामेडिक्सको नतिजा नसच्यिए कलेज बन्द गर्ने सञ्चालकको चेतावनी « Khabarhub

नर्सिङ तथा पारामेडिक्सको नतिजा नसच्यिए कलेज बन्द गर्ने सञ्चालकको चेतावनी


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले पहिलो पटक लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरूले विरोध जनाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालकहरूले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनर्विचार नगरे आफूहरूले कलेजको चावी आयोगलाई बुझाउने चेतावनीसमेत दिएका छन् ।

उनीहरूले अध्यापनका लागि तोकिएको विद्यार्थी कोटाभन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेजहरूलाई बन्द गराउने रणनीति आयोगले लिएको समेत आरोप लगाएका छन ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरूको छाता संगठन एलाइट साइन्स इन्सिट्युसन एसासिएसन (एसिया)का अध्यक्ष यमप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगमा गएर सांकेतिक रुपमा कलेजहरूको साँचो बुझाउने बताए । आयोगले सीट संख्याभन्दा कम विद्यार्थी उत्तीर्ण गराउँदा कलेजहरू बन्द हुने अवस्थामा पुगेको अधिकारीले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ०५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु