अमिताभको रोल्स रोय कार विभागको नियन्त्रणमा « Khabarhub

अमिताभको रोल्स रोय कार विभागको नियन्त्रणमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता अमिताभ बच्चनको एक रोल्स रोय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेङ्लोरको परिवहन विभागका अधिकारीहरुले अमिताभको कारसहित दशभन्दा बढी फेरारी र पोर्श जस्ता बिलासी कारलाई नियन्त्रणमा लिएको हो ।

विभागले यी नियन्त्रणमा लिइएका कारहरुले सडक कर नतिरेका कारण नियन्त्रणमा लिइएको जनाएको छ ।

अमिताभको गाडी सलमान खान नाम गरेका एक व्यक्तिले चलाइरहेका थिए । ३५ वर्षका उनी वसन्तनगरमा बस्छन् । सलमानका पिताले अमिताभबाट यो कार किनेका थिए ।

अमिताभलाई यो कार निर्माता विधु विनोद चोपडाले सन् २००७ मा उनको फिल्म ‘एकलव्य’ हिट भएपछि उपहार स्वरुप दिएका थिए । अमिताभले यो गाडी सन् २०१९ मा यूसुफ शरीफ उर्फ डी बाबूलाई बेचेका थिए । अमिताभले कार बेचे पनि कारको नामसारी भएको थिएन ।

बाबूका अनुसार यो कारलाई उनको परिवारका सदस्य आइतबार प्रयोग गर्छन् । विभागले कारको कागजात बुझाएपछि मात्र कार फिर्ता गर्ने जनाएको छ । विभागले कार बिक्रीको एघार महिना पछि कारको नामसारी गर्न नमिल्ने उल्लेख गरेको छ ।

बाबूले यो कार करिब ६ करोडमा किनेका थिए । तर उनीसँग अत्यावश्यक कागजात छैन । यद्यपि उनले अमिताभको हस्ताक्षर भएको एक कागज देखाएका छन् । जहाँ उनले आफूले गाडी बेचेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ४५ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी