अमिताभको रोल्स रोय कार विभागको नियन्त्रणमा « Khabarhub

अमिताभको रोल्स रोय कार विभागको नियन्त्रणमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता अमिताभ बच्चनको एक रोल्स रोय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेङ्लोरको परिवहन विभागका अधिकारीहरुले अमिताभको कारसहित दशभन्दा बढी फेरारी र पोर्श जस्ता बिलासी कारलाई नियन्त्रणमा लिएको हो ।

विभागले यी नियन्त्रणमा लिइएका कारहरुले सडक कर नतिरेका कारण नियन्त्रणमा लिइएको जनाएको छ ।

अमिताभको गाडी सलमान खान नाम गरेका एक व्यक्तिले चलाइरहेका थिए । ३५ वर्षका उनी वसन्तनगरमा बस्छन् । सलमानका पिताले अमिताभबाट यो कार किनेका थिए ।

अमिताभलाई यो कार निर्माता विधु विनोद चोपडाले सन् २००७ मा उनको फिल्म ‘एकलव्य’ हिट भएपछि उपहार स्वरुप दिएका थिए । अमिताभले यो गाडी सन् २०१९ मा यूसुफ शरीफ उर्फ डी बाबूलाई बेचेका थिए । अमिताभले कार बेचे पनि कारको नामसारी भएको थिएन ।

बाबूका अनुसार यो कारलाई उनको परिवारका सदस्य आइतबार प्रयोग गर्छन् । विभागले कारको कागजात बुझाएपछि मात्र कार फिर्ता गर्ने जनाएको छ । विभागले कार बिक्रीको एघार महिना पछि कारको नामसारी गर्न नमिल्ने उल्लेख गरेको छ ।

बाबूले यो कार करिब ६ करोडमा किनेका थिए । तर उनीसँग अत्यावश्यक कागजात छैन । यद्यपि उनले अमिताभको हस्ताक्षर भएको एक कागज देखाएका छन् । जहाँ उनले आफूले गाडी बेचेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ४५ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार