अवरुद्ध लोकमार्ग खुल्यो « Khabarhub

अवरुद्ध लोकमार्ग खुल्यो


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– वर्षासँगै आएको बाढीपहिराका कारण बागलुङका मुख्य राजमार्ग अवरुद्ध हुँदै आएका छन् ।

दुई दिनदेखिको लगातारको झरीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–३ स्थित बोक्से र कालिगण्डकी करिडोरको फुर्से खोलामा पहिरो खसेका कारण सडक अवरुद्ध भएकामा अहिले खुलाइएको हो ।

कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताए ।

बोक्सेमा खसेको पहिराले सडक अवरुद्ध भएकामा प्रहरी र लोकमार्ग आयोजनाको पहलमा सडक खुलाइएको हो । सडक खुलेपछि सोमबार बेलुकीदेखि अलपत्र परेका यात्री गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १ : २० बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य