सुत्दा ब्रा खोल्दा हुने स्वास्थ्य लाभ « Khabarhub

सुत्दा ब्रा खोल्दा हुने स्वास्थ्य लाभ


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाले दिनहुँ भोग्ने आम समस्या हो, ब्रा पहिरीदा हुने डाम, पीडा र अन्य समस्या । चौबीसै घण्टा ब्रा लगाउँदा यसले स्वास्थ्यमा समस्या समेत हुनसक्छ । तर धेरैलाई यस बारे थाहा नहोला ।

ब्राले स्वास्थ्यमा मात्र नभई छालामा पनि विभिन्न समस्या निम्त्याउँछ । अफिस वा बाहिर जाँदा महिला ब्रा बिना जान असहज हुन्छ । तर राति सुत्दा भने यसलाई खोलेर सुत्दा यसले छालामा धेरै फाइदा पुर्‍याउँछ । नियमित ब्रा प्रयोग नगर्दा हुने लाभहरु यस्ता छन् :

१. छाला पोल्ने वा चिलाउने हुँदैन
ब्रा लगाएर सुत्दा यसको स्ट्रिपमा राखिएको इल्यास्टिकक वा हुक्सका कारण छाला पोल्ने, चिलाउने लगायतका समस्या निम्तिन सक्छन् । तर राति ब्रा खोलेर सुत्दा यस्ता समस्याबाट राहत मिल्दछ ।

२. अनुहार चम्किलो
ब्रा बिना सुत्दा शरिरमा रक्तसंचार राम्रोसँग हुन पाउँछ । यस्तोमा जब रक्तसंचार राम्रो हुन्छ तब शरिरले पर्याप्त अक्सिजन पाउँछ । नतिजा अनुहार चम्किलो हुने गर्दछ ।

३. डार्क सर्कलबाट छुटकारा
ब्रा लगाएर सत्दा यसको फिटिङ र इल्यास्टिकका कारण राम्ररी निन्द्रा नपर्न सक्छ । तर ब्रा नलगाई सुत्दा यी समस्याबाट छुटकारा पाउन सकिन्छ । मज्जाको निन्द्रा अर्थात डार्क सर्कलबाट छुटकारा पाउनु हो ।

४. स्किन रिपेयर
राति सुत्दा दिनभरीको शरिरमा भएको क्षतीको पूर्ती हुन्छ । यस्तोमा ब्रा बिना सुत्दा शरिरले खुलेर सास फेर्दछ । यसले शरिरले धेरै मात्रामा र बिना रोकटोक अक्सिजन पाउँछ र क्षती भएको सेल पुनर्निमाणमा कुनै बाधा उत्पन्न हुन दिँदैन ।

५. डण्डिफोर रहित छाला
शरिरको संचार प्रणालीमा लिम्फ्याटिक सिस्टम महत्वपूर्ण हिस्सा हो । यसले छालालाई संक्रमणबाट बचाउँछ । साथै छालाका टक्सिन, हर्मोन र फोहोर निष्कासनमा सहयोग गर्दछ । छाला र त्यसको प्वाललाई बन्द हुनबाट बचाएर डण्डिफोर र ब्ल्याकहेडको समस्याबाट छुटकारा दिलाउँछ । ब्रा नलगाई सुत्दा स्वस्थ र डण्डिफोर रहित छाला पाउन सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ४५ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले