हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति « Khabarhub

हातका रेखाले दर्शाउँछ तपाईंले पाउने जागिरको प्रकृति


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारी जागिर खाने धेरै युवाको सपना हुन्छ । अभिभावक पनि आफ्ना सन्तानले सरकारी जागिर खाउन् भन्ने चाहान्छन् । तर कैयो मेहनतका बावजुद सबैले सरकारी जागिर पाउन सक्दैनन् । यस्तोमा केही दोष वा भाग्य पनि कारक रहने ज्योतिषशास्त्रको मान्यता छ ।

हस्तरेखा अनुसार कस्ता जातकले सरकारी जागिर खान्छन् वा खादैनन् भन्ने थाहा पाउन सकिने ज्योतिषशास्त्रको मान्यता छ । हस्तरेखा शास्त्र अनुसार कुन रेखा र स्थितिमा सरकारी जागिर पाउन सकिन्छ त्यसको संकेत हुने गर्दछ ।

– हस्तरेखा शास्त्र अनुसार जुन जातकको हत्केलामा गुरू पर्वतमा कुनै चिन्ह छ भने यस्ता व्यक्तिले सरकारी जागिर खान सक्छन् ।

– यस अलावा गुरू पर्वतमा त्रिभुज चिन्ह वा अन्य कुनै यस्तै रेखा जसले भाग्य रेखालाई छोएको छ भने सरकारी जागिर पाउन सकिने धार्मीक विश्वास छ ।

– यदि भाग्य रेखा, जीवन रेखालाई काटेर र गुरू–शनि पर्वतको बीचबाट निस्किएको रेखा भए यसता जातकलाई पनि सरकारी जागिर खान सक्ने विश्वास छ ।

– सूर्य पर्वतमा बनेको रेखा बाकी रेखा भन्दा सानो छ भने यस्ता व्यक्तिको भाग्यमा सरकारी जागिरको योग राम्रो मानिन्छ ।

– जुन व्यक्तिको हातमा सूर्य रेखा जीवन रेखाबाट निस्किएर सूर्य पर्वतमा पुगेर रोकिइन्छ भने यस्ता जातकलाई अनिवार्य सरकारी जागिर प्राप्त हुने विश्वास छ ।

– यदि सूर्य रेखा जीवन रेखाबाट निस्केर सूर्य पर्वतसम्म टेढो–मेढो भएर गएको भए जातकलाई सरकारी जागिर मिल्ने तर बारम्बार दुखः पाउने हुनसक्छ ।

– यदि बुध पर्वतमा एक वा बढि रेखा भए यस्ता व्यक्ति सरकारी जागिर पाउने प्रबल योग हुन्छ । यस्ता व्यक्तिले सरकारी जागिरका अलावा व्यवसायमा पनि सफलता पाउँछन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ५२ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने