बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ, शव खाल्डो गाडेको अवस्थामा फेला « Khabarhub

बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ, शव खाल्डो गाडेको अवस्थामा फेला


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर  खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ ।

हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेका हुन् ।

भागेश्वरले आफू वैदेशिक रोजगारमा रहेको बेला श्रीमती र बुबाबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गरी हत्या गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

दुवै जनाको शव घर नजिककै झाडीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको हो । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजतलास गर्ने क्रममा झाडीमा माटो खनिएको जस्तो शङ्कास्पद ठाउँ देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेका थिए । त्यसपछि शव गाडेको ठाउँमा प्रहरीले घेरा हालेर शव निकालेको थियो ।

शव उत्खननपश्चात् प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने तयारी गरिरहेको छ । मृतक दुवैको टाउकोमा गहिरो चोट देखिएकाले रड प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । राति नै हत्या गरेर शव गाडेको शङ्का गरिएको छ । स्थानीयवासीका अनुसार गत वर्ष मात्र भागेश्वर वैदेशिक रोजगारीबाट घर फर्केका हुन् ।

घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गर्दै आएका थिए । उनको श्रीमतीसँग दिनहुँ झैझगडा हुँदै आएको थियो । सोही आशङ्काको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ । भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ६ : १९ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन