काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१–३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४५९जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – ३६
११–२० वर्ष – १७४
२१–३० वर्ष – ४५९
३१–४० वर्ष – ४५२
४१–५० वर्ष – ३१६
५१–६० वर्ष – २५४
६१–७० वर्ष – १६४
७१–८० वर्ष – १००
८० वर्षभन्दा माथि – ४६
अज्ञात १९
प्रतिक्रिया