आलमको मुद्दा हेर्न नमिल्नेमा « Khabarhub

आलमको मुद्दा हेर्न नमिल्नेमा


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विस्फोटक पद्धार्थको प्रयोग गरी हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताव आलमले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सुनुवाइका लागि शुक्रबार पेशीमा चढे पनि हेर्न नमिल्नेमा परेको छ ।

आलमले २०७७ साल असोज १२ गते आफूलाई पुर्पक्षमा पठाउने जिल्ला अदालत रौतहटको फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले थुनामुक्त भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दायर गरेको सो मुद्दामा हालसम्म सुनुवाइ हुन सकेको छैन ।

शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको सँयुक्त इजलासमा सुनुवाइका लागि पेशी चढेको थियो । तर हेर्न नमिल्ने भएपछि शुक्रबार पनि सुनुवाइ नहुने भएको हो ।

२०६४ चैत २७ गते संविधानसभा चुनावलाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराएको र सो विस्फोटमा घाइते भएकालाई इँटा भट्टीमा हालेर हत्या गरेको आलाममाथि आरोप छ । कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसदसमेत रहेका आलम जेल परेपछि सांसदबाट निलम्बित छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : ५८ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले