आगामी निर्वाचन प्रचण्ड भर्सेस बादल हुन्छ : बादल « Khabarhub

आगामी निर्वाचन प्रचण्ड भर्सेस बादल हुन्छ : बादल


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीले निर्णय गरेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नोबीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताए ।

कुनैबेला प्रचण्ड र बादल एउटै पार्टीको नेता थिए । तर अहिले बादल एमालेमा पुगेका छन् र प्रचण्डसँगको सम्बन्ध तोडेका छन् ।

उनले अहिले ठूलो संख्यामा नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेकोसमेत दाबी गरे । उहाले राष्ट्रिय अर्थतन्त्र र पूँजिको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाए ।

उनले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध वर्तमान सरकार लागेको आरोप लगाए । उनले एमसीसीलाई परिमार्जन गरेर मात्र अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ०८ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले