ईपीएलमा सुखद् नतिजा निकाल्ने तयारीमा पोखरा राइनोज « Khabarhub

ईपीएलमा सुखद् नतिजा निकाल्ने तयारीमा पोखरा राइनोज


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा पोखरा राइनोजले सुखद् नतिजा निकाल्ने लक्ष्य लिएको छ ।

टिमले बिहीवार राजधानीमा पत्रकारसम्मेलन गर्दै टिमको तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ । बजाज पल्सर ईपीएलका लागि राइनोजले आफ्ना प्रायोजक, खेलाडीहरु र खेल रणनीतिका बारेमा जानकारी गराएका हो ।

जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ ।

विगतमा पोखराले गरेको प्रदर्शनको समिक्षा गर्दै सुखद् नतिजाका लागि यसपटक मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेको पनि जनाएको छ ।

राईनोजले नेपाली मार्की खेलाडी राष्ट्रिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ ।

जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी जसले विश्व कपमा प्रदर्शन गरिसकेका छन् । यस्तै वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेस गरेको छ ।

प्रतियोगिताको रणनीतिको बारेमा मार्की खेलाडी भण्डारीले राईनोज प्रतियोगितालाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मैदान उत्रने बताए ।

‘प्रतियोगिता हो जित हार हुन सक्छ तर टिम विजयी हुने लक्षका साथ मैदानमा उत्रने छ’ भण्डारीले भने ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ३८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका