ईपीएलमा सुखद् नतिजा निकाल्ने तयारीमा पोखरा राइनोज « Khabarhub

ईपीएलमा सुखद् नतिजा निकाल्ने तयारीमा पोखरा राइनोज


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा पोखरा राइनोजले सुखद् नतिजा निकाल्ने लक्ष्य लिएको छ ।

टिमले बिहीवार राजधानीमा पत्रकारसम्मेलन गर्दै टिमको तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ । बजाज पल्सर ईपीएलका लागि राइनोजले आफ्ना प्रायोजक, खेलाडीहरु र खेल रणनीतिका बारेमा जानकारी गराएका हो ।

जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ ।

विगतमा पोखराले गरेको प्रदर्शनको समिक्षा गर्दै सुखद् नतिजाका लागि यसपटक मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेको पनि जनाएको छ ।

राईनोजले नेपाली मार्की खेलाडी राष्ट्रिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ ।

जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी जसले विश्व कपमा प्रदर्शन गरिसकेका छन् । यस्तै वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेस गरेको छ ।

प्रतियोगिताको रणनीतिको बारेमा मार्की खेलाडी भण्डारीले राईनोज प्रतियोगितालाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मैदान उत्रने बताए ।

‘प्रतियोगिता हो जित हार हुन सक्छ तर टिम विजयी हुने लक्षका साथ मैदानमा उत्रने छ’ भण्डारीले भने ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र