ओलीको पालामा मनोनित समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामूहिक राजीनामा « Khabarhub

ओलीको पालामा मनोनित समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामूहिक राजीनामा


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राजनीतिक प्रतिशोध राखेर अप्रत्यक्ष रुपमा दवाव दिएको भन्दै समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।

शुक्रबार परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले राजीनामा दिएका हुन् ।

उनीहरुले वर्तमान सरकारले संस्थामाथि राजनीतिक हस्तक्षेप गरेको आरोप लगाए । उपाध्यक्ष खतिवडाले संस्थामा कार्यकर्ता भर्ती गर्नका लागि राजनीतिक पूर्वाग्रहका आधारमा वर्षौदेखि कार्यरत कर्मचारीलाई हाजिर नगराउन दवाव आएको बताए । उनले परिषद्का पदाधिकारीले अवाञ्छित दवावलाई स्वीकार गर्न नसक्ने भन्दै प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा पेश गरेको जानकारी दिए ।

उनले सरकार कानूनको बर्खिलाप गइरहेको आरोप लगाउदै परिषद् रुपान्तरणका लागि मनोनित नेतृत्वले लिएको लक्ष्यमा धक्का लागेको टिप्पणी गरे । खतिवडाले यस प्रवृतिका विरुद्धमा संघर्षको मैदानमा उत्रदै खवरदारी गर्ने निष्कर्षमा पुगको बताए ।

त्यस्तै सदस्य सचिव पुष्कर खातीले सामाजिक संस्थामा राजनीति गर्न नहुने र आफुहरुले १४ महिना संस्थालाई राजनीति मुक्त राखेको दावी गरे । उनले सरकारले संस्थालाई अघि बढाउनका लागि निकास दिन नसक्ने भएकाले आफुहरु बाहिरिएको जिकिर गरे।

उपाध्यक्ष खतिवडासहितको परिषद्का पदाधिकारीलाई केपी ओली नेतृत्वको सरकारले मनोनित गरेको थियो । परिषद्को अध्यक्ष भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : ४९ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने