कांग्रेस महाधिवेशन प्रभावित पार्न खोजेको भन्दै नेतृत्वप्रति शेखर र गगनको आक्रोश « Khabarhub

कांग्रेस महाधिवेशन प्रभावित पार्न खोजेको भन्दै नेतृत्वप्रति शेखर र गगनको आक्रोश


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आसन्न नेपाली कांग्रेको १४ औँ महाधिवेशन नेतृत्वले प्रभावित पार्न खोजेको भन्दै नेपाली कांग्रेसका नेताद्वय शेखर कोइराला र गगन थापाले आक्रोश पोखेका छन् ।

महाधिवेशन सार्न खोजिएकोबारे विभिन्न चर्चा चलेसँगै नेता कोइराला र थापाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।

नेता शेखर कोइरालाले आगामी महाधिवेशनबारे नेतृत्वसँग विविध प्रश्नको जवाफ मागेका छन् । उनले पदाधिकारी र पूर्व पदाधिकारीहरुले महाधिवेशन नचाएको त होइन भन्दै उनीहरुको गतिविधिप्रति आशंका पैदा भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो ? सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’

उनले अर्कोतर्फ पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पाएको सुन्नमा आएको भन्दै महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘पदाधिकारीहरुले कांग्रेसलाई कहाँ पुर्याउन खोजेको ? कतै पदाधिकारी र पूर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको त होइन ? आशंका पैदा भएको छ। यो निर्णय सच्चिनु जरुरी छ । क्रियाशील सदस्यता बिवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन शुरु हुन सकेन ? क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने ? यसको जवाफ चाहियो।’

यसैगरी नेता थापाले नेतृत्व विधि र विधानमा नचलेको, बेथितिको जिम्मा नलिएको, नेतृत्वले आदेश दिएकै भरमा चल्ने, बेहालमा पार्टी चलाइरहने कि बदल्ने भन्दै प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ११ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने