एमालेको बैठकमा तीन प्रतिवेदन पेश « Khabarhub

एमालेको बैठकमा तीन प्रतिवेदन पेश


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने बिभिन्न तीनवटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश भएको हो । यसअघि तीनवटै प्रतिवेदन सुझाव समिति स्थायी कमिटी बाट पारित गरिएको थियो । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको छ । सातवटा भौगोलिक समूह, जनसंगठनलाई हेर्ने प्रदेश, बिभागीय प्रदेश र बिशेष प्रदेश समूह रहेका छन् ।

शनिबार बस्ने एमाले केन्द्रीय समिति बैठकमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने र पारित गरिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले पार्टीमा लामो समयदेखि उत्पन्न जटिलता हल हुन केहि समय लाग्ने र १० बुँदे समझादारीलाई पूर्णरुपमा कार्यान्वयनको बाटोमा पार्टी उन्मुख रहेको बताए । विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।

त्यसअघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्ने बताए । ओलीले बिभिन्न प्रतिवेदनमाथि गहिरोमा पुगेर छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका थिए । उनले आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ३४ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,