इजरायल रोजगारीका लागि नक्कली कागजात पेश गर्ने २७९० जनाको आवेदन रद्द « Khabarhub

इजरायल रोजगारीका लागि नक्कली कागजात पेश गर्ने २७९० जनाको आवेदन रद्द


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नक्कली कागजपत्र पेश गर्दै इजरायल रोजगारीमा जानका लागि आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्द गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले नक्कली कागजपत्र पेश गर्दै आवदेन दिएको खुलेपछि उनीहरुको आवेदन फारम रद्द गरेको जानकारी दिए ।

कारवाहीको डरले अझै पनि अन्तर्वाताका क्रममा आफ्ना आवदेन रद्द गरिपाँउ भन्ने निवेदन आएको उनले जानकारी दिए । ६ हजार ३ सय १७ जनाले परीक्षा दिएकामा दुईहजार ३९ जना उतीर्ण भएको र त्यसमध्ये पनि १६ सय जना छनोट भएको उनले बताए ।

छनोट भएका १६ सय मध्ये इजरायल सरकारको निकायबाट गोला प्रथाबाट एक हजार जनालाई मात्र अन्तिम छनोट गरिने सचिव गौतमले जानकारी दिए । उनले अहिलको प्रक्रिया सकिने बित्तिकै २५ सयको डिमान्ड तयारी अवस्थामा रहेको उल्लेख गरे । इजरायल जानेले महिनाको दुईलाख पाउने र नेपालको रेमिटेन्स पनि बढ्ने उनको भनाइ छ ।

त्यस्तै बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले आवेदकले प्रमाणपत्रहरु, उँचाई, तौल, शैक्षिक योग्यता लगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएकोमा अधिकांशको निवेदनमा त्रुटी देखिएको बताए । उनले उत्तर पुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरिएकाले नजिताको काम छिटो भएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले वैदेशिक रोजगारमा जाने कामदारबाट लिइने शुल्क तोकिए पनि बढि शुल्क बुझाउनुपर्ने गुनासो आएको भन्दै मन्त्रालय र बिभागको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्रालयका सचिव गौतमले वैदेशिक रोजगारमा जाँदा १० हजारमात्र बुझाउनुपर्ने नियमलाई अव परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ४५ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै