डा. पोखरेललाई ‘कलमके सिपाही’ अवार्ड « Khabarhub

डा. पोखरेललाई ‘कलमके सिपाही’ अवार्ड


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेललाइ न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्रदान गरेको छ ।

डा पोखरेलले पत्रकारीता क्षेत्रमा गरेको योगदानको कदर गर्दै आई एम एस गाजियावाद र न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले सो पुरस्कार प्रदान गरेको हो । भारतीय जनता पार्टीका पूर्व राष्ट्रिय सचिव तथा उत्तराखन्डका पूर्व मुख्य मन्त्री तीर्थसिहं रावतले अवार्ड हस्तान्तरण गरेका हुन् ।

न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले आईएमएस गाजियावाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारत को सहयोगमा शुक्रबार भारतका ४० भन्दा बढी राष्ट्रिय मिडियाकर्मीहरुलाई सम्मान गरेको हो।

विजनेश टेलिभिजनका अध्यक्ष डा. शम्भु पाखेरेलले समेत अवार्ड हात पारेका छन् । कार्यक्रममा भारतका अधिकांश मिडियाकर्मीहरु, शैक्षिक क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तिहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

डा. शम्भु पोखरेललाई न्युजपेपर एशोसिएसन एफ ईण्डिया (नाई) ले दोश्रो पटक ‘कलमके शिपाही अवार्ड प्रदान गरेको हो । सो अवार्ड डा. पोखरेलको ८ औं अन्तर्राष्ट्रिय अवार्ड हो ।

डा. पोखरेल नेपालको पत्रकारिता क्षेत्रमा पछिल्लो २ दशकदेखि सक्रिय छन् । उनको नेतृत्वमा नेपालको पहिलो विजनेश टेलिभिजन सञ्चालनमा रहेको छ ।

वर्ल्ड  ट्रेड ग्रुप अन्तर्गत डा. पोखरेलका नेतृत्वमा दर्जन बढी कम्पनीहरु पनि सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : ४२ बजे

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा