पूर्वाञ्चल विश्वविद्यालयविरूद्ध कानूनी उपचारमा जाने विद्यार्थीको तयारी « Khabarhub

पूर्वाञ्चल विश्वविद्यालयविरूद्ध कानूनी उपचारमा जाने विद्यार्थीको तयारी


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वाअञ्चल विश्वविद्यालयले आगामी आइतबारसम्ममा परीक्षाफल बारे निर्णय नदिए विद्यार्थीहरू कानूनी उपचारमा जाने बताएका छन् ।

अपुरो परीक्षाफल प्रकाशन भएको लामो समयसम्म पनि कलेज र विश्वविद्यालयबाट कुनै प्रतिक्रिया नआएकाले कलेज र विश्वविद्यालयविरूद्ध कानूनी उपचारमा जाने हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्स एन्ड टेक्नोलोजी कलेज (हिकाष्ट) का विद्यार्थी जगतबहादुर ओलीले बताए।

उनले भने, ‘आगामी १० गतेभित्रसम्ममा पनि विश्वविद्यालयले आवश्यक निर्णय नगरे मुद्दा हाल्ने हाल्छौँ ।’

गत भदौ ९ गते विश्वविद्यालय र मातहतका कलेजहरुको लापरबाहीका कारण बिएस्सी एक्ग्रीकल्चर सातौँ र भेटेनरीको सातौँ–नवौँ सेमेष्टरका केही विद्यार्थीहरुको परीक्षाफल अपूरो प्रकाशन भएको थियो ।

एक महिनादेखि आन्दोलन अनसन गर्दा पनि कुनै पनि सकारात्मक नतिजा नआएपछि कानूनी उपचारमा जाने योजनामा आफूहरु रहेको उनले बताए ।

विश्वविद्यालयले व्याक पेरर र नियमित परीक्षाका लागि परीक्षा आवेदन फारम खुलाएको छ ।

आगामी आइतबारसम्म उक्त फारम भर्ने मिति तोकिए पनि कलेज र विश्वविद्यालयको मौनताका कारण नतिजा अपुरो आएका विद्यार्थीहरुले फारम भरेका छैनन् ।

परीक्षामा फेल नलेखेका कारण आफूहरु फारम भर्ने कि नभर्ने भन्ने अन्योलमा रहेको उनले बताए ।

उनले भने, ‘परीक्षामा कुनै त्रुटि भएको खण्डमा पेश गर्न सूचना जारी गरेको थियो । त्यसमा पनि हामीले आश्यक प्रक्रियाअघि बढाएका थियौँ तर हालसम्म पनि त्यसको कुनै जानकारी आएको छैन ।’

विश्वविद्यालयले नतिजा नसच्याए र व्याक पेपरको फारम भर्न पनि छुट्यो भने आफूहरुको एक वर्ष खेर जाने उनले बताए ।

हिकाष्ट कलेजको स्नातक एग्रीकल् चर सातौँ समेस्टरका ४० जना र भेटेनरी सातौँ र नवौँका समेस्टरका १५ जना विद्यार्थीहरुको नतिजा पनि अपूरो आएको उनले बताए ।

त्यस्तै नेपाल पोलिटेक्निक इन्सिच्यूट (एनपीआई) का भेटेनरी सातौँ समेस्टरका विद्यार्थी टेकबहादुर ओलीले एक दुई दिनमा सकारात्मक नतिजा आउँछ भन्दै कलेजले आफूहरुलाई झुलाइरहेको बताए ।

उनका अनुसार विश्वविद्यालयले नतिजा नसच्याए अदालती प्रक्रियामा जाने प्रतिवद्धता कलेजले जनाएको छ ।

कलेज र विश्वविद्यालय विद्यार्थीहरुको भविष्यप्रति गम्भीर नभएका कारण आफूहरु अन्योलमा परेको उनको भनाइ छ ।

अहिले कलेजमा अन्य सेमेस्टरका विद्यार्थीहरुका लागि परीक्षा आवेदन फारम खुलेकाले तालाबन्दी खोलिदिएको उनले बताए । एनपीआईका करिब ५० जना विद्यार्र्थीहरुको नतिजा अपुरो आएको उनले बताए ।

एनपीआई इन्सिच्यूटका सहायक प्रशासक जय घिमिरेले अबको केही दिनभित्र विद्यार्थीहरुको नतिजाबारे केही निर्णय आउने जानकारी विश्वविद्यालयले दिएको बताए ।

विद्यार्थीहरुको नतिजा अपुरो आउनुमा कलेज प्रशासनको गल्ती नभएको उनको भनाइ छ ।

विश्वविद्यालयले २ बजेसम्म प्राप्त गरेको उत्तर पुस्तिकालाई पठाउन सकिन्छ भन्ने सूचना दिएकाले सोही अनुसार उत्तरपुस्तिका पठाए पनि विद्यार्थीहरुको नतिजा अपुरो आएको उलने बताए ।

उनका अनुसार परीक्षा आवेदन फारम आइतबारसम्म भए पनि डबल दस्तुरको लागि समय छ । कुनै विद्यार्थीका नतिजा बिग्रीएको भए विद्यार्थीहरुलाई डबल तस्तुरमा नपार्ने उनले बताए ।

त्यस्तै हिकाष्ट कलेजका प्रिन्सिपल कृष्णबहादुर श्रेष्ठले अबको केही दिनमा विश्वविद्यालयले आवश्यक निर्णय गर्ने आशामा आफू रहेको बताए ।

उनका अनुसार कलेजले आवश्यक कागजात विश्वविद्यालयलाई पठाइसकेको छ ।

कोराना माहामारीका कारण विश्वविद्यालयले गत वर्ष २०७७ असोज २० गतदेखि अनलाइन माध्यमबाट विभिन्न सेमेस्टर तथा स्नातक तहको ‘टाइम बाउण्ड होम इक्जाम’ सञ्चालन गरेको थियो ।

परीक्षार्थीहरुले कलेजमा उत्तरपुस्तिका पठाउने र कलेजले विश्वविद्यालयमा पठाउने नियमअनुसार परीक्षा सञ्चालन भएको थियो । तर विश्वविद्यालयले समयमा उत्तरपुस्तिका नपठाएको भन्दै विद्यार्थीको नतिजा अपुरो प्रकाशन गरिदिएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : ०१ बजे

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई

अमेरिकाले स्वीकार्‍यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते

तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते