राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स सुरु « Khabarhub

राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स सुरु


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल केन्पो खुकुरी मार्शलआर्ट्स संघको आयोजनामा प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स च्याम्पियनसिप शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा प्रदेश १ बाहेक ६ प्रदेशका १ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् । विभिन्न ४ विधा फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी कातामा प्रतिस्पर्धा भइरहेको छ ।

सेमि केन्पोको पुरुष ५०–५४ केजीमा सुदूरपश्चिम प्रदेशका सुनिल बोहरा पहिलो भए । उनले फाइनलमा बागमती प्रदेशका दीपक पाण्डेलाई पराजित गरे । सेमि केन्पोको महिला ४५–४९ केजीमा कर्णाली प्रदेशकी ज्योति विकले बागमतीकी पुष्पा श्रेष्ठलाई हराउँदै स्वर्ण जितिन् ।

सोही स्पर्धाको पुरुषमा सुदूरपश्चिमका सञ्जय रोकायाले पहिलो स्थान हात पारे । उनले फाइनलमा गण्डकी प्रदेशका सन्जिव राईको चुनौती पन्छाए।

फुल केन्पोको पुरुष ५५–५९ केजीमा कर्णालीका राजेन्द्र शाहीले बागमतीका सुमन याखालाई फाइनलमा पाखा लगाउँदै शीर्ष स्थान हात पारे।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : १५ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने