पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली झापा प्रस्थान « Khabarhub

पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली झापा प्रस्थान


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गरेका छन् ।

बिर्तामोडको साई प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र प्रभु साहलगायत छन् ।

‘अध्यक्षसहित म पनि जाँदैछु, उहाँहरु केही दिन बस्नुहुन्छ होला म त आज साँझै फर्किन्छु’ भट्टले खबरहबसँग भने, ‘नेम्वाङजी गइसक्नुभयो रे हामी जाँदैछौ, १० बजेको उडान हो केहि डिले भयो।’

एमाले जिल्ला कमिटी झापाले बिर्तामोडमा १२ बजे आयोजना गरेको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली काठमाडौँबाट यती एयरलाइन्सको जहाजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ओलीले आफ्ना बुबालाई पनि भेट्ने छन्। भोलि गौरीगञ्जमा क्षेत्र नं. ५ को कार्यक्रममा सम्बोधन गरेर उनी विराटनगर जाने छन् ।

एक रात विराटनगरमै बसेर ओली पर्सि मात्रै काठमाडौं फर्कने बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ३५ बजे

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही