अध्यक्ष ओली झापा पुगे, प्रभु साह गएनन् « Khabarhub

अध्यक्ष ओली झापा पुगे, प्रभु साह गएनन्


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । लेखराज भट्टलगायतका पार्टिका नेताहरुका साथ अध्यक्ष ओली मध्याह्न १२ बजे गृहनगर झापा पुगेका हुन् । नेता प्रभु साह भने झापा गएनन् ।

‘म त बिहानै ७ बजे आएर अरु कार्यक्रममा सहभागी भएर अहिले अध्यक्षलाई स्वागत गर्न एयरपोर्टमा छु’, नेता सुवासचन्द्र नेम्वाङले खबरहबसँग भने, ‘लेखराजजीलगायत आउनुभएको छ, प्रभुजीसँग मेरो कुरा भयो, मैले उहाँलाई काठमाडौँमै रहनुहोस्, हामी यताको कार्यक्रम गरेर आउँछौँ भनेको छु।’

यसअघि नेता साह पनि झापा जाने बताइएको थियो । एमालेको वडा अधिवेसन सकिएको भोलिपल्ट झापा पुगेका ओली तीन दिन प्रदेश १ मा रहने भएका छन् । ओलीले अहिले केहिबेरमा बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ।

भोलि गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि ओलीले त्यसपछि गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पर्सि ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने कार्यतालिका छ ।

प्रभु साह गएनन्

लामो समयदेखि एमालेमा असन्तुष्ट रहेका प्रभु साह पनि आइतबारबाट औपचारिक रूपमा सक्रिय भएका छन् ।

नेकपा विभाजनपछि माओवादीमा नफर्केर एमालेमै बसेका साह केहिदिन अघि अध्यक्ष ओलीसँगको सहमति गरेर औपचारिक रूपमा एमालेमा सक्रिय भएका हुन्।

उनी झापा जाने भने पनि नगएर काठमाडौँमै बसेका छन् ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : ०५ बजे

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि