तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल « Khabarhub

तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताएका छन् ।

टीकापुरमा आयोजित कार्यक्रममा नेता पौडेलले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताए ।

उनले भने, ‘बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ । अहिलेका अवस्थामा तत्काल अल्पकालीन राहत र पछि योजनाका साथ दीर्घकालीन राहतको व्यवस्थाका लागि म सरकारसँग माग गर्दछु ।’

वरिष्ठ नेता पौडेलले कर्णाली र मोहना नदीका कारण टीकापुर उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानको बाटो खोज्नका लागि पनि सरकारसँग छलफल गर्ने बताए ।

‘कर्णाली र मोहना नदीलाई अहिलेको नयाँ डिजाइनबाट बाँध्न आवश्यक छ । त्यसका लागि विज्ञ टोली बनाएर अनुसन्धान गरिनुपर्छ’, उनले भने, ‘जबसम्म कर्णाली र मोहना नदीको समस्या समाधान हुँदैन, तबसम्म बाढी र डुबानको जोखिम कम हुने स्थिति पनि छैन ।’

वरिष्ठ नेता पौडेलले यही कात्तिक १ गतेदेखि आएको बाढीका कारण कैलालीको विभिन्न ठाउँमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १ : ५९ बजे

गगनको प्रतिज्ञा : म मधेसमा नेता हुन होइन, बेटा हुन आएको हुँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको राजनीतिक र विकासको

सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा

कास्की– आयोजक सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित

रूसले कब्जा गरेको युक्रेनी भूभागका विषयमा सहमति हुन सकेन

एजेन्सी– युक्रेन र रुसले जेनेभामा अमेरिकी मध्यस्थतामा भएको वार्तामा केही

जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै

मुस्ताङ– मुस्ताङमा चुनावी माहोल विस्तारै तात्तिन थालेको छ । प्रतिनिधिसभा