प्रधानन्यायाधीशले भने– हमाललाई मन्त्री नबनाइदिनू भनेको हुँ « Khabarhub

प्रधानन्यायाधीशले भने– हमाललाई मन्त्री नबनाइदिनू भनेको हुँ


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ । मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन । भेटेको छैन । बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भने ।

प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो । हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि तीन सिदन नपुग्दै उनले पदबाट राजीनामा दिएका थिए । अहिले उद्योग मन्त्रालय खाली छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  २ : ४५ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा