भारतको जीतका लागि चण्डीगढमा हवन पूजा « Khabarhub

भारतको जीतका लागि चण्डीगढमा हवन पूजा


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२१ को टी–२० विश्वकप क्रिकेट यूएई र ओमानमा जारी छ। २४ अक्टोबर अर्थात आज साँझ ७:४५ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान खेल्दै छन्। विश्वभरका आमनागरिक उत्सुकतासँग यो खेल पर्खिरहेका छन् ।

भारत र पाकिस्तानबीचको खेल क्रिकेट म्याच मात्र नभएर दुई देशको प्रतिष्ठाको विषय समेत बन्ने गरेको छ । यहीँ कारण समर्थकहरूले भारतीय टीमको जीतको लागि चण्डीगढमा हवन पूजा गरेका छन् । समर्थकहरूले आइतबार दिउँसो भारतीय टोलीको जीतको कामन गर्दै चण्डीगढस्थित सेक्टर–३० को शीव मन्दिरमा हवन पूजा गरेका हुन्।

हवनमा वृद्धवृद्धासँगै बालबालिका समेत सहभागी छन् । यस क्रममा बालबालिकाहरूले हातमा भारतीय खेलाडीहरूको पोस्टर बोकेका थिए । भारतीय टोलीको जीतका लागि यो हवन गरेको स्थानीय यादवेन्द्र मेहताले बताए । उनले भारतीय टोलीको जित निश्चित रहेको दावी पनि गरे ।

भारत–पाकिस्तानबीतको खेल हेर्न विभिन्न सहरमा ठूला स्क्रिन पनि जडान गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कुनै पनि प्रतियोगितामा भारत र पाकिस्तानबीचको खेल आकर्षणको केन्द्र बन्ने गर्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ३५ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको