सेयर बजार २६ दशमलव ९६ अंकले बढ्यो | Khabarhub Khabarhub

सेयर बजार २६ दशमलव ९६ अंकले बढ्यो


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चमक आएको छ । आज नेप्से परिसूचक २६ दशमलव ९६ अंकले बढेर दुई हजार पाँच सय ८३ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज दुई सय २५ कम्पनीको दुई अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन् । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।

व्यापार समूहको सूचकमाबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको सूचकमा चार प्रतिशतभन्दा बढीको सुधार भएको छ भने अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार भएको छ बाँकी सबै समूहको सूचकमा शून्यदेखि एक प्रतिशतसम्मको सुधार आएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी कम्पनीको सेयरमुल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले धेरै नेक्सानी ब्यहोरेका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ३६ बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र