सर्वोच्चका न्यायाधीशहरूको बैठक जारी, फुलकोर्टमा सहभागी नहुने तयारी « Khabarhub

सर्वोच्चका न्यायाधीशहरूको बैठक जारी, फुलकोर्टमा सहभागी नहुने तयारी


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक जारी छ । केही समयअघि सर्वोच्च अदालतमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक अन्य  न्यायाधीशहरू सहभागी छन् ।

बैठकमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, बमकुमार श्रेष्ठलगायतका न्यायाधीशहरू छन् । प्रधानन्यायाधीश जबराले सोमबार बोलाएको फुलकोर्टका विषयमा छलफल गर्न सर्वोच्च अदालतका उपलब्ध न्यायाधीशहरूको बैठक बसेको हो ।

१४ जना न्यायाधीशहरू छलफलमै रहेको र संभवत बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गर्ने एक न्यायाधीशले जानकारी दिए । खबरहबसँग कुराकानी गर्दै ती न्यायाधीशले भने, ‘नैतिकता गुमाइसकेका प्रधानन्याधिसको बैठकमा सहभागी भएर कुनै अर्थ छैन भन्ने अधिकांश न्यायाधिसहरुको तर्क छ।’

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग मागेपछि विवादमा तानिएका छन् । उनीमाथि राजीनामा दिन दबाब परेको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : ०२ बजे

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका