पीडितसम्म नपुगि फर्किए प्रधानमन्त्री « Khabarhub

पीडितसम्म नपुगि फर्किए प्रधानमन्त्री


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– बाढी पहिरोले गरेको क्षति निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किएका छन् । वास्तविक पीडितलाई नै नभेटी प्रधानमन्त्री फर्किएपछि बाढीपहिरो पीडित निराश भएका छन् ।

प्रधानमन्त्री भेट्न पाँचथरको राँकेमा भेला भएका पीडितहरूलाई नभेटी काठमाडौँ फर्किएपछि पीडितहरूले दुःख मनाउ गरेका छन् । पीडितहरूलाई नभेटेका प्रधानमन्त्रीले पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीमार्फत भने बाढीपहिरो पीडितको अवस्था बारे जानकारी लिएका छन् ।

राँकेस्थित जलसिंह माविमा भएको कार्यक्रममा देउवालाई पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पहिरोले गरेको क्षति बारेमा जानकारी गराइ रहँदा प्रांगणमा भने पहिरो पीडितहरू प्रधानमन्त्रीलाई कुरा राख्न पाउने आशामा थिए । देउवाले प्रमुख जिल्ला अधिकारीको कुरा सुनेपछि काठमाडौँ पुगेर राहत प्याकेज ल्याउने आश्वासन दिए ।

संक्षिप्त मन्तव्य राखेका देउवाले बाढी र पहिरोले गरेको क्षतिको लगत संकलन भएपछि राहत घोषणा गर्ने बताए ।

यसअघि प्रदेश १ मा बाढी पहिरोले गरेको क्षतिको स्थलगत अनुगमन र निरीक्षण गर्न आएका प्रधानमन्त्री सुरुमा विराटनगर विमानस्थलमा उत्रिएका थिए । त्यहाँ उनी चढेको हेलिकोप्टरमा आवश्यक इन्धन हालिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको प्रदेश कार्यालय बराह बाहिनीमा पुगेका देउवाले सुनसरी मोरङका प्रमुख जिल्ला अधिकारीबाट बाढीले गरेको क्षतिको बारेमा जानकारी लिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र मोरङमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाढी पहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा प्रदेशका आन्तरिक मामिला मान्त्रालय प्रदेश १ का सचिव कालीप्रसाद पराजुलीले प्रदेशमा प्रदेश बाढी पहिरो र डुबानले गरेको क्षतिको बारेमा जानकारी गराए । कार्यक्रममा प्रदेश १ का मुख्यसचिव डा रामप्रसाद घिमिरेले तीन तहको सरकारको समन्वयमा बाढी पीडितको उद्धार, राहत र पुनस्र्थापना लागि भइरहेको कामका बारेमा जानकारी गराए ।

मुख्यसचिव घिमिरेका अनुसार बाढी पहिरो र डुबानले गरेको क्षतिको बारेमा जानकारी लिएपछि प्रधानमन्त्री देउवाले उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन् । उनले तीनै तहको सरकारको समन्वयमा काम गर्न र तत्काल क्षतिको लगत संकलन गरी बुझाउन समेत निर्देशन दिएको सचिव घिमिरेले जानकारी दिए ।

बाढीका कारण ११ जनाको मृत्यु भएको सुनसरीमा पनि प्रधानमन्त्री देउवालाई बाढी पीडितले भेट्न पाएनन् । कार्यक्रममा सुनसरीका विभिन्न स्थानीय तहका प्रमुखहरूको उपस्थिति थियो ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहवी नगरपालिकाका मेयर वेद गच्छदार, कोसी गाउँपालिकाका अध्यक्ष ऐउब अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले माग पत्र बुझाएका छन् ।

सुनसरीको पकलीबाट सिधै हेलिकोप्टरमा पाँचथरको राँके पुगेका प्रधानमन्त्रीले स्थानीय पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन् ।

सुरक्षा प्रमुखको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले स्थानीयलाई सम्बोधन गर्दै सरकारले प्रकोपको लागत संकलन भएपछि राहत कार्यक्रम ल्याउने बताए । न्यूजकारखाना

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ६ : १९ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको