पीडितसम्म नपुगि फर्किए प्रधानमन्त्री | Khabarhub Khabarhub

पीडितसम्म नपुगि फर्किए प्रधानमन्त्री


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– बाढी पहिरोले गरेको क्षति निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किएका छन् । वास्तविक पीडितलाई नै नभेटी प्रधानमन्त्री फर्किएपछि बाढीपहिरो पीडित निराश भएका छन् ।

प्रधानमन्त्री भेट्न पाँचथरको राँकेमा भेला भएका पीडितहरूलाई नभेटी काठमाडौँ फर्किएपछि पीडितहरूले दुःख मनाउ गरेका छन् । पीडितहरूलाई नभेटेका प्रधानमन्त्रीले पाँचथर र इलामका प्रमुख जिल्ला अधिकारीमार्फत भने बाढीपहिरो पीडितको अवस्था बारे जानकारी लिएका छन् ।

राँकेस्थित जलसिंह माविमा भएको कार्यक्रममा देउवालाई पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पहिरोले गरेको क्षति बारेमा जानकारी गराइ रहँदा प्रांगणमा भने पहिरो पीडितहरू प्रधानमन्त्रीलाई कुरा राख्न पाउने आशामा थिए । देउवाले प्रमुख जिल्ला अधिकारीको कुरा सुनेपछि काठमाडौँ पुगेर राहत प्याकेज ल्याउने आश्वासन दिए ।

संक्षिप्त मन्तव्य राखेका देउवाले बाढी र पहिरोले गरेको क्षतिको लगत संकलन भएपछि राहत घोषणा गर्ने बताए ।

यसअघि प्रदेश १ मा बाढी पहिरोले गरेको क्षतिको स्थलगत अनुगमन र निरीक्षण गर्न आएका प्रधानमन्त्री सुरुमा विराटनगर विमानस्थलमा उत्रिएका थिए । त्यहाँ उनी चढेको हेलिकोप्टरमा आवश्यक इन्धन हालिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको प्रदेश कार्यालय बराह बाहिनीमा पुगेका देउवाले सुनसरी मोरङका प्रमुख जिल्ला अधिकारीबाट बाढीले गरेको क्षतिको बारेमा जानकारी लिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र मोरङमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाढी पहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा प्रदेशका आन्तरिक मामिला मान्त्रालय प्रदेश १ का सचिव कालीप्रसाद पराजुलीले प्रदेशमा प्रदेश बाढी पहिरो र डुबानले गरेको क्षतिको बारेमा जानकारी गराए । कार्यक्रममा प्रदेश १ का मुख्यसचिव डा रामप्रसाद घिमिरेले तीन तहको सरकारको समन्वयमा बाढी पीडितको उद्धार, राहत र पुनस्र्थापना लागि भइरहेको कामका बारेमा जानकारी गराए ।

मुख्यसचिव घिमिरेका अनुसार बाढी पहिरो र डुबानले गरेको क्षतिको बारेमा जानकारी लिएपछि प्रधानमन्त्री देउवाले उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन् । उनले तीनै तहको सरकारको समन्वयमा काम गर्न र तत्काल क्षतिको लगत संकलन गरी बुझाउन समेत निर्देशन दिएको सचिव घिमिरेले जानकारी दिए ।

बाढीका कारण ११ जनाको मृत्यु भएको सुनसरीमा पनि प्रधानमन्त्री देउवालाई बाढी पीडितले भेट्न पाएनन् । कार्यक्रममा सुनसरीका विभिन्न स्थानीय तहका प्रमुखहरूको उपस्थिति थियो ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहवी नगरपालिकाका मेयर वेद गच्छदार, कोसी गाउँपालिकाका अध्यक्ष ऐउब अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले माग पत्र बुझाएका छन् ।

सुनसरीको पकलीबाट सिधै हेलिकोप्टरमा पाँचथरको राँके पुगेका प्रधानमन्त्रीले स्थानीय पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन् ।

सुरक्षा प्रमुखको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले स्थानीयलाई सम्बोधन गर्दै सरकारले प्रकोपको लागत संकलन भएपछि राहत कार्यक्रम ल्याउने बताए । न्यूजकारखाना

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ६ : १९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले