नेपाल-युरोपेली संघ संयुक्त आयोगको तेह्रौँ बैठक काठमाडौँमा सुरु « Khabarhub

नेपाल-युरोपेली संघ संयुक्त आयोगको तेह्रौँ बैठक काठमाडौँमा सुरु


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली संघले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल–युरोपेली संघ संयुक्त आयोगको १३औँ बैठक काठमाडौँमा सुरु भएको छ ।

बैठकमा नेपाल–युरोपेली संघबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक–आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको सहअध्यक्षता नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् भने संघको नेतृत्व एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।

संघको प्रतिनिधिमण्डलमा टोली नेता पम्पालोनीसँगै ब्रसेल्सबाट आएका दुई उच्च अधिकारी, यहाँस्थित संघको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेज तथा उनका सहयोगीलगायत छन् ।

कोभिड–१९ का कारण आयोगको १२औँ बैठक भर्चुअल माध्यमबाट गत वर्ष भएको थियो । प्रारम्भमा हरेक दुई वर्षमा काठमाडौँ र ब्रसेल्समा आलोपालो आयोजना गर्ने निर्धारण भएको उक्त बैठक विगत पाँच वर्षदेखि वर्षेनी हुँदै आएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ०८ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि