कांग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान सुरु | Khabarhub Khabarhub

कांग्रेस खोटाङको नेतृत्व चयनका लागि मतदान सुरु


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस खोटाङको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो ।

कांग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको छ ।

कांग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई र रामचन्द्र पौडेल निकट पूर्वसभापति राई प्रतिस्पर्धामा उत्रिएका छन् ।

पूर्वराज्यमन्त्री राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन सैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सहसचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन् । यस्तै, पूर्वसभापति राईको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सहसचिवमा सार्जन राई र शालिकराम बञ्जराको मनोनयन–पत्र दर्ता भएको छ ।

पूर्वराज्यमन्त्री राईलाई जिल्ला सभापतिका चार आकांक्षीमध्ये देउवा निकट महासमिति सदस्य रविप्रकाश राई र सिटौला निकट महाधिवेशसन प्रतिनिधि भूपेन्द्र राईको समर्थन छ । पूर्व सभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन छ । सभापतिको दावीबाट पछि हटेका रविप्रकाश र भूपेन्द्र संघीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार बनेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ५१ बजे

छ हजारलाई आधारभूत योग शिक्षा प्रदान

गलकोट– बागलुङमा छ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ

राष्ट्रियसभाका अध्यक्षद्वारा एनपीएल सफलताको शुभकामना

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कीर्तिपुर क्रिकेट स्टेडियममा आजदेखि सुरु

काठमाडौंले गुमायो २ विकेट, जनकपुरलाई थोरै राहत

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा जनकपुर

शेख हसिनालाई मृत्युदण्डको फैसलाले दबाबमा भारत, फिर्ता पठाउला बंगलादेश ?

नयाँदिल्ली- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी)

त्रिवि क्रिकेट मैदानमा रात्रि खेलको मजा (तस्बिरहरू)

काठमाडौं– नेपालमा पहिलो पटक क्रिकेट प्रेमीहरुले रात्रिकालीन क्रिकेटको मजा लिन