देशभरका उच्च अदालतमा बारको प्रदर्शन, न्यायाधीशहरु आन्तरिक छलफल गर्दै « Khabarhub

देशभरका उच्च अदालतमा बारको प्रदर्शन, न्यायाधीशहरु आन्तरिक छलफल गर्दै


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एसोसिएसनले बुधबार पनि सर्वोच्च परिसरमा धर्ना दिएको छ । उता सर्वोच्च अदालतका न्याायाधीशरुले आन्तरिक छलफल गर्ने भएका छन् ।

बुधबार २ बजे छलफलमा बस्ने तयारी भइरहेको एक न्यायाधीशले जानकारी दिए । उनको अनुसार फुलकोर्ट बस्नको लागि आज सबै न्यायाधीशहरु छलफलमा बस्न लागेका हुन् । गोलाप्राथा कहिलेबाट लागु गर्ने भन्ने विषयमा समेत छलफल हुने उनले जानकारी दिए ।

बारको धर्नाका क्रममा सहभागी अधिवक्ता, वलिकहरुले प्रधानन्यायाधीशविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका थिए ।

सर्वोच्चमा धर्ना दिएपछि बारका पदाधिकारीहरु उच्च अदालत पाटनमा धर्नाका लागि पुगेका थिए । बारको आन्दोलन अन्तर्गत बुधबार देशभरका उच्च अदालतमा प्रर्दशन भएको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रमको आयोजना गरेको हो ।

बारले बिहीबार काठमाडौँमा सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ५७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन