चार महिनामा साढे छ खर्बको आयात, ८२ अर्बको निर्यात « Khabarhub

चार महिनामा साढे छ खर्बको आयात, ८२ अर्बको निर्यात


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९ को कात्तिक मसान्तसम्म) को तथ्याङ्कअनुसार आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो ।

बितेका चार महिनामा रु ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्यात हुँदा छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बढीको विदेशी वस्तुको आयात भएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो भने सोही अवधिमा रु चार खर्ब दुई अर्ब ४९ करोड बराबरको आयात भएको थियो ।

व्यापार घाटा पाँच खर्ब ६८ अर्ब

चालु आवको चार महिनामा रु पाँच खर्ब ६८ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा रु तीन खर्ब ६२ अर्ब २९ करोड बराबरको व्यापार घाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ५६ दशमलव ८३ प्रतिशतले व्यापार घाटा बेहोरेको हो ।

यस्तै, चार महिनाले नेपालले रु सात खर्ब ३२ अर्ब ४१ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले रु चार खर्ब ४२ अर्ब ६९ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको चार महिनामा ६५ दशमलव ४५ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।

१३८ देशबाट आयात

चार महिनाको अवधिमा १३८ देशबाट रु छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट रु तीन खर्ब ८५ अर्ब ९५ करोड ७० लाख बढीको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा रु ९४ अर्ब ३० करोड १४ लाख बराबरको आयात भएको छ ।

यस्तै, एक महिनाको अवधिमा भारतमा रु ६६ अर्ब ९४ करोड ३९ लाख र चीनमा रु ३१ करोड १२ लाख बराबरको निर्यात भएको छ ।

डिजेल धेरै आयात

चालु आवको चार महिनामा सबैभन्दा धेरै डिजेल आयात भएकोे छ । चार महिनामा रु ३४ अर्ब ३३ करोड २१ लाख बराबरको डिजेल आयात भएको हो ।

यस्तै, भटमासको कच्चा तेल रु २७ अर्ब २२ करोड ७१ लाख, २० अर्ब ३५ करोड ८६ लाख बराबरको मोबाइल, रु १९ अर्ब १७ करोड ५७ लाख बराबरको कच्चा पाम आयल, रु १८ अर्ब ६६ करोड ६५ लाख बराबरको पेट्रोल र रु १७ अर्ब ६६ करोड ४० लाख बराबरको आइरन, स्टिल आयात भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : २५ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ