क्रिसमस पर्वको मान्यता र महत्त्व « Khabarhub

क्रिसमस पर्वको मान्यता र महत्त्व


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शनिवार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरूको सबैभन्दा ठुलो यो पर्वमा विभिन्न कार्यक्रम आयोजना गरी धूमधामका साथ मनाउने गरिन्छ । यो पर्वलाई केवल इसाईहरूले मात्रै नभई गैर इसाईहरुलेसमेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउँछन् ।

पुरातन इजिप्ट र रोमका मानिस सदाबहार बोटबिरुवाको शक्ति र सौन्दर्यमा विश्वास गर्थे । सोही समयदेखि नै घरघरमा सधैँ हरियो हुने बिरुवा राख्न सुरु भएको मानिन्छ । उनीहरू घरमा हरियो रुख हुँदा दुष्टात्मा टाढा भाग्ने विश्वास गर्थे ।

क्रिसमसमा विशेष पहिरन लगाउने गरिन्छ । जर्मनीमा यो परम्पराको सुरुवात सन् ७२२ ताका भएको मानिन्छ । यस्तै क्रिसमसमा सजाइने ट्री १६औँ शताब्दीमा सुरु भएको मानिन्छ । त्यस बेलाका महान् इसाई सुधारक मार्टिन लूथर सन् १५०० ताका क्रिसमसको पूर्वसन्ध्यामा हिउँले ढाकेको जंगल हुँदै हिँडिरहेका थिए ।

उनले बाटोमा हिउँले चम्किरहेको रूख देखे । रूखका हाँगा हिउँले भरिएको थियो, चन्द्रमामा चम्किरहेको थियो । त्यसैबाट प्रभावित भएका उनले घर फर्केर सल्लाको बोट लगाए । त्यसैमा धेरै मैनबत्ती पनि बाले । उनले सो रुख जिसस क्राइस्टको सम्मानका लागि तयार पारेका थिए । त्यसै समयदेखि क्रिसमस ट्रीलाई सजाउने परम्परा सुरु भएको मानिन्छ ।

अर्को मान्यता अनुसार प्रिन्स अल्बर्टले पहिलो क्रिसमस रूख सन् १८४१ मा इङ्ल्याण्डको विन्डसर क्यासलमा रोपेका थिए । प्रभु येशूको जन्म भएको समयमा उनका बाबुआमा मरियम र युसुफलाई बधाई दिन स्वर्गका प्रतिनिधिहरू आएका थिए । सो दिन एउटा रूखमा ताराको प्रकाश परावर्तन गराएर चम्किलो बनाइएको थियो । त्यहीँबाट क्रिसमस रूखको सजावटको प्रक्रिया सुरु भएको विश्वास छ । घरमा रुख सजाउँदा खुसी बढ्ने इसाईहरूको विश्वास छ ।

क्रिसमस ट्रीमा मैनबत्ती बाल्ने चलन १७औँ शताब्दीमा सुरु भएको मानिन्छ । क्रिसमसमा घरमा ट्री सजाउँदा र मैनबत्ती बाल्दा यसले बच्चाहरुको उमेर लामो हुने मान्यता छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : ४५ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार