प्राधिकरणका प्राविधिकको आन्दोलनले हुम्लाका २२० घरधुरी अन्धकारमा « Khabarhub

प्राधिकरणका प्राविधिकको आन्दोलनले हुम्लाका २२० घरधुरी अन्धकारमा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- विद्युतका अप्रेटरले एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै छुईपुग जलविद्युत आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

सिमकोट गाउँपालिका-८ को खोल्सी र नाम्खा गाउँपालिका- ४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत आयोजनाको सेवा बुधबारदेखि बन्द गरिएको छ ।

विद्युत् आयोजनाका अप्रेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि पारिश्रमिक नपाएपछि बुधबारबाट सेवा बन्द गरेर विरोध जनाएका हुन् ।

गतवर्षको माघ महिनादेखि विद्युत सञ्चालन गर्दै आएको भए पनि आफूहरूले पाउने सेवासुविधा र पारिश्रमिक नपाएपछि विद्युत सेवा नै बन्द गर्न बाध्य भएको अप्रेटर ग्याल्जन लामाले बताए ।

अप्रेटर लामाले भने, ‘आफू दुबै जनाले मासिक रूपमा पाउनुपर्ने दश दश हजारका दरले हो । एकवर्ष भई सक्यो प्रति व्यक्तिले एक लाख रुपैयाँभन्दा बढी पाउनुपर्ने हो । तर, कसैको ध्यान जान सकेको छैन । त्यसैले गत बुधबारदेखि विद्युत सेवा बन्द गर्ने निर्णय गरेका हौँ ।’

विद्युत बन्द गरिएपछि दुईवटा वडाका २२० घर दूरी अन्धकारमा बस्न बाध्य भएका छन् । खोल्सी गाउँका ९० घरधुरी, लामा खोल्सी र खगालगाउँ गाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अप्रेटरलाई तलव खुवाउने निर्णय थियो ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : ४५ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ